Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

प्रधानमन्त्री ओलीले भने - देश गरिबीबाट मुक्त नभएसम्म समृद्धि हासिल हुँदैन

प्रधानमन्त्री ओलीले भने - देश गरिबीबाट मुक्त नभएसम्म समृद्धि हासिल हुँदैन

शनिवार , श्रावण २६, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश गरिबीमुक्त नभएसम्म समृद्धि हासिल नहुने बताएका छन्।

‘लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के’ को जिल्ला पदस्थापना र प्रथम क्याबिनेटलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

उनले देशवासीलाई गरिवीबाट मुक्त नगरेसम्म ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा नहुने बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई अल्पविकसित राष्ट्रको सूचीबाट स्तरोन्नति गर्न रोजगारी, उत्पादन र उद्यमशीलतामा विशेष जोड दिन आवश्यक रहेको बताए ।

उनले त्यसतर्फ नै सरकारको ध्यान केन्द्रित रहेको बताए। आफूले सत्य र निष्ठाको राजनीति गर्दै आएकाले सत्यसँग नलड्ने र शक्तिसँग नझुुक्ने मान्यताका साथ काम गरिरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्ट पारे ।​

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077