Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

ओली नेतृत्वको वर्तमान सरकार धेरै दिन टिक्दैन : वर्षमान पुन

ओली नेतृत्वको वर्तमान सरकार धेरै दिन टिक्दैन : वर्षमान पुन

शनिवार , श्रावण २६, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले वर्तमान गठबन्धन सरकार धेरै दिन नटिक्ने बताएका छन् ।

पार्टी सम्वद्ध काठमाडौं–रोशी गाउँपालिकासम्पर्क समितिको पालिका भेलालाई सम्बोधन गर्दै उपमहासचिव पुनले यस्तो बताएका हुन् ।

सरकारमा भएर पनि कांग्रेस–एमाले पंक्तिको मनोबल खस्किएको बताए ।

उपमहासचिव पुनले भने, संसदमा र बाहिर पनि एमाले–काँग्रेस दुवै हामीसँग नरम व्यवहार गरिरहेका छन् । किन भने संसदको अंक गणितका कारण कुनै पनि बेला माओवादी हामीलाई चाहिन्छ भन्ने उनीहरुले बुझेका छन् । ’

उनले दुवै दलका नेताले आफूहरूसँगको अनौपचारिक कुराकानीमा सरकार सय दिनको कटाउन मुस्किल रहेको बताउन थालेको दाबी गरे ।

आफूहरूको प्राथमिकतामा सरकार नरहेको तर, चाहेको अवस्थामा यो सरकार ढाल्न कुनै समस्या नभएको उनको भनाइ छ।

उनले नयाँ सरकार बनेपछि काँग्रेस–एमालेमा आन्तरिक किचलो बढेको समेत बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077