Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

बृहत वाम एकताका लागि फेरि एक पटक पहल गर्छु : प्रचण्ड

बृहत वाम एकताका लागि फेरि एक पटक पहल गर्छु : प्रचण्ड

शनिवार , श्रावण २६, २०८१

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बृहत वाम एकताका लागि फेरि एक पटक पहल गर्ने बताएका छन् ।

पार्टी कार्यालय, पेरिसडाँडामा बसेको पार्टी स्थायी समिति बैठकमा अध्यक्ष प्रचण्डले वाम एकताका लागि पहल गर्ने प्रस्ताव गरेका हुन् ।

अध्यक्ष प्रचण्डले समाजवादी मोर्चासँगै बृहत वाम एकताका लागि पहल गर्ने प्रस्ताव गरे । अध्यक्ष प्रचण्डले जनता बृहत वाम एकता र कम्युनिस्ट पार्टी पुनर्गठनको पक्षमा रहेको बताएका छन् ।

उनले बैठकमा बृहत वामपन्थी एकता गर्दै अगाडि बढ्दा, अरु पार्टीहरु आउँदै गर्दा खासखास नेताहरु अहिले कम्युनिस्ट पार्टीको पुनर्गठन नचाहे पनि अन्तिममा अनिवार्य रहेको बताए ।

त्यसअघि पार्टीमा शुद्धीकरण अभियान चलाउने र एकताबद्ध बनाउने प्रचण्डले बताएका छन् । पार्टीको आठौं महाधिवेशनले गरेको विचारको संश्लेषण गर्दै नयाँ ढंगले बहस गर्नुपर्ने उनले बताए ।

पार्टीमा शुद्धीकरण अभियान चलाउने, नयाँ कार्यक्रमसहित जनतामा जाने प्रचण्डको जोड छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077