Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

संसदीय अभ्यासका क्रममा हामी प्रदूषित भएका छौँ, शुद्धीकरण अभियानमा जानैपर्छ : प्रचण्ड

संसदीय अभ्यासका क्रममा हामी प्रदूषित भएका छौँ, शुद्धीकरण अभियानमा जानैपर्छ : प्रचण्ड

शनिवार , श्रावण २६, २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीमा शुद्धीकरण अभियान जारी रहेको बताएका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा शनिबार बसेको पार्टी स्थायी कमिटी बैठकमा वैचारिक, राजनीतिक र सांगठानिक विषयमा धारणा राख्दै प्रचण्डले सो कुरा बताएका हुन् ।

उनले संसदीय परिपाटीबाट प्रदूषित भएको भन्दै शुद्धीकरण अभियान चलाउनुपर्नेमा जोड दिए ।

'विभिन्न कारणले हाम्रो वर्गसँग सम्बन्ध टुटेको छ। संसदीय अभ्यासका क्रममा हामी कहीँ न कहीँ प्रदूषित भएका छौं। देशको राजनीतिक परिस्थिति जटिल बन्दै गएको बेला लोकतन्त्र र जनताको जनजीविका खतरामा परिरहेका बेला पार्टी सबल हुनुपर्छ। त्यसका लागि शुद्धीकरण अभियान जरुरी छ,' अध्यक्ष दाहालको भनाइ उद्धृत गर्दै पार्टी प्रवक्ता अग्नि सापकोटाले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077