Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सर्लाहीमा युवक मृत फेला, हत्याको आशंका

सर्लाहीमा युवक मृत फेला, हत्याको आशंका

शनिवार , श्रावण २६, २०८१

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका–८, टाँडीमा शनिबार एक युवक मृत फेला परेका छन् । टाँडी निवासी श्यामबाबु साहका छोरा १९ वर्षीय मुन्ना मृतावस्थामा फेला परेका हुन् ।

गाउँनजिकै शैलेन्द्र रामको परालको भुस्सा राख्ने घरमा युवक मृत फेला परेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

मृतक मुन्नाको घाँटीमा चोट देखिएकाले घटना शंकास्पद रहेको प्रहरीको आशंका छ । मृतकको शव परीक्षणका निम्ति त्रिवि शिक्षण अस्पताल काठमाडौं पठाएको छ ।

घटनाका विषयमा अनुसन्धानका निम्ति एक युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077