Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

जेलमा रहेका तुलसी सहकारीका अध्यक्ष शर्मासँग संसदीय समितिद्धारा सोधपुछ

जेलमा रहेका तुलसी सहकारीका अध्यक्ष शर्मासँग संसदीय समितिद्धारा सोधपुछ

शनिवार , श्रावण २६, २०८१

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले कारागारमा रहेका तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मासँग सोधपुछ गरेको छ ।

शनिबार सिंहदरवारमा बसेको बैठकमा समितिले नख्खु कारागारमा रहेका शर्मालाई बोलाएर सहकारीको रकम दुरुपयोगको विषयमा सोधपुछ गरेको हो ।

तुलसी सहकारी मार्फत बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेका शर्मा २० भदौ २०८० देखि कारागारमा छन् ।

सो सहकारीले बचतकर्ताले करिब ७८ करोड रुपैयाँ हिनामिना गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077