Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

रवि लामिछाने भन्छन् - हामी बिल्कुल ठिक छौँ, लय पक्रदैछौँ

रवि लामिछाने भन्छन् - हामी बिल्कुल ठिक छौँ, लय पक्रदैछौँ

शनिवार , श्रावण २६, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दुई वर्षको अवधिमा आफूहरूले ‘जानेको गरेको’ बताएका छन् ।

शनिबार बेलुका सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पार्टी ठिक र लय पक्रँदै गरेको बताएका हुन् । अबको यात्रा ‘नरम र गरमभन्दा माथि उठेर सुसंस्कृत राजनीतिक अभ्यासको’ हुने उनको भनाइ छ ।

“...अबको यात्रा संयम र धैर्यसहित परिष्कृत वैचारिक परिपक्वताको, चुस्त संगठनको, मर्यादित संसदीय अभ्यासको अनि नरम र गरमभन्दा माथि उठेर सुसंस्कृत राजनीतिक अभ्यासको,” उनले लेखेका छन् ।

पार्टी परिपक्व हुने चरणमा रहेको पनि उल्लेख गरेका छन् । सातै प्रदेशमा उच्च सहभागिता र उत्साहपूर्ण रूपमा पार्टीको ‘क्लोज क्याम्प’ सकिएको उनले जानकारी गराएका छन् ।

“सातै प्रदेशमा उच्च सहभागिता र उत्साहपूर्ण रुपमा ‘क्लोज क्याम्प’ सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077