Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

आज नेपाल आइपुग्दै भारतीय विदेश सचिव मिश्री

आज नेपाल आइपुग्दै भारतीय विदेश सचिव मिश्री

आइतवार , श्रावण २७, २०८१

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने नेपाल भ्रमणका लागि आज नेपाल आइपुग्दैछन् । परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् ।

भ्रमणका क्रममा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ गर्ने र द्विपक्षीय सहमतिका विविध विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सचिव विक्रम मिश्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँगै परराष्ट्र मन्त्री आरजु राणा देउवा र समकक्षी सेवा लम्सालसँग पनि भेटघाट गर्नेछन् । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटघाट गर्ने कार्यक्रम छ ।

आजै साँझ होटेल मेरियटमा हुने रात्रिभोज कार्यक्रममा विदेश सचिव मिश्रले सबै राजनितिक दलका दोस्रो तहका नेताहरूसँग भेटघाट गर्नेछन् । सोमबार भारत फर्किनु अघि सचिव मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गर्ने कर्यक्रम छ ।

विदेश सचिव मिश्री साउन २८ मा भारत फर्किने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077