Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

माओवादीको प्रस्ताव - राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष कार्यकारी राष्ट्रपति

माओवादीको प्रस्ताव - राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष कार्यकारी राष्ट्रपति

आइतवार , श्रावण २७, २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले राजनीतिक स्थायित्वका लागि ‘प्रत्यक्ष कार्यकारी राष्ट्रपतिय’ प्रणालीको प्रस्ताव गरेको छ ।

पार्टी स्थायी समितिको शनिबारको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको एजेन्डा पुनः उठाएका हुन् ।

कांग्रेस र एमालेले स्थायित्व नै खोजेको भए राष्ट्रपतिय प्रणालीमा सहमति जनाउन माओवादीले आग्रह गरे । यसका लागि कांग्रेस र एमाले पनि तयार हुनुपर्ने उनको भनाई छ ।

सरकार गठन गर्दा कांग्रेस र एमालेले संविधान संशोधन गर्ने सहमति गरेका थिए । माओवादीले संविधान संशोधन गर्दा शासन प्रणाली पनि फेर्नुपर्ने प्रस्ताव अघि सारेको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077