Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

भरूवा बन्दुकसहित दुईजना पक्राउ

भरूवा बन्दुकसहित दुईजना पक्राउ

आइतवार , श्रावण २७, २०८१

दाङ । दाङको तुलसीपुरबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका – ४ सुनवलपुरका ३६ वर्षीय टंककुमार सिजाली र २९ वर्षीय युवराज गिरी ‍छन् ।

गएराति झन्डै १२ बजेतिर प्रहरीले तुलसीपुर – ४ ठूलाखाली क्षेत्रमा गस्‍ती गर्ने क्रममा स्थानीय गादीबरा सामुदायिक वनमा उनीहरुलाई फेला पारेको थियो।

शंकाष्पद अवस्थामा फेला परेका उनीहरुको खानतलासी गर्ने क्रममा एक थान भरुवा बन्दुक र त्यसमा लाग्ने २१ व्टा छर्रा बरामद भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077