Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

भारतीय पूर्वविदेशमन्त्री नटवर सिंहको निधन

भारतीय पूर्वविदेशमन्त्री नटवर सिंहको निधन

आइतवार , श्रावण २७, २०८१

एजेन्सी । भारतका पूर्वविदेशमन्त्री नटवर सिंहको शनिबार राति निधन भएको छ ।

लामो समयदेखि बिरामी रहेका सिंहको गुरुग्रामको एक निजी अस्पतालमा निधन भएको हो ।

नटवर सिंहको अन्तिम संस्कार दिल्लीमा गरिने छ । प्रधानमन्त्री नरेन्द्र मोदीले नटवर सिंहको निधनमा शोक व्यक्त गरेका छन् ।

मोदीले ट्वीटरमा लेखेका छन्, ‘नटवर सिंहजीको निधनले म दुखी छु। उहाँले कूटनीति र विदेश नीतिमा महत्त्वपूर्ण योगदान गर्नुभएको छ।’

पूर्वविदेशमन्त्री सिंहलाई सन् १९८४ मा पद्मभूषणबाट सम्मानित गरिएको थियो । उनी सन् २००४-०५ मा यूपीए सरकारमा भारतका विदेशमन्त्री थिए।

सिंहले आफ्नो पुस्तक ‘वन लाइफ इज नट इनफ’ मा सोनिया गान्धी प्रधानमन्त्री नबन्नुको कारण दिएका थिए जसलाई लिएर निकै विवाद पनि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077