Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सर्वोच्चद्वारा सहसचिव शर्माको मुद्दामा कारण देखाऊ आदेश जारी

सर्वोच्चद्वारा सहसचिव शर्माको मुद्दामा कारण देखाऊ आदेश जारी

आइतवार , श्रावण २७, २०८१

काठमाडौं । सर्वोच्च अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका सहसचिव चूडामणि शर्माको बन्दी प्रत्यक्षीकरणको निवेदनमा कारण देखाऊ आदेश जारी गरेको छ।

सर्वोच्चका न्यायाधीश विनोद शर्माको इजलासले कारागारमा बन्दी राख्नुपर्ने कारण लिखित रूपमा पेस गर्न आदेश गरेको हो ।

न्यायाधीश शर्माको इजलासले शर्मा थुनामा हुनुको कारण पेश गर्न विशेष अदालत, कारागार प्रशासन, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र आफ्नै रिट तथा मुद्दा महाशाखाका नाममा आदेश जारी गरेको छ ।

विशेष अदालतले गतवर्ष शर्मालाई ९ वर्ष कैद सजाय सुनाएको थियो । विशेष अदालतले उनलाई विगो र जरिवाना गरी ६ अर्ब १५ करोड ७० लाख रुपैंया तिराउन आदेश गरेको छ ।

विगो र जरिवाना बापतको रकम धरौटी राख्न नसकेपछि उनी थुनामा पुगेका थिए। शर्माले आफु गैरकानूनी थुनामा बस्नुपरेको भन्दै शुक्रबार बन्दीप्रत्यक्षीकरणको निवेदन लिएर सर्वोच्च अदालतमा पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077