Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

राष्ट्रपति पौडेलसँग भारतीय विदेश सचिव मिस्रीले गरे शिष्टाचार भेट

राष्ट्रपति पौडेलसँग भारतीय विदेश सचिव मिस्रीले गरे शिष्टाचार भेट

आइतवार , श्रावण २७, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र भारतीय विदेश सचिव विक्रम मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको छ।

नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव मिस्रीले राष्ट्रपति पौडेलसँग राष्ट्रपति कार्यालय शीतल निवासमा शिष्टाचार भेट गरेका हुन्।

भेटमा द्विपक्षीय हित र सम्बन्धका विविध विषयमा कुराकानी भएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले जलवायु परिवर्तन असर न्यूनिकरणका लागि नेपाल-भारत मिलेर काम गर्नुपर्ने बताएका छन्।

राष्ट्रपति पौडेलले नेपाल-भारतबीच अनादिकालदेखि जनस्तरसम्मको सम्बन्ध रहेको र नेपालको विकासमा भारतको ठूलो सहयोग रहेको उल्लेख गर्दै सचिव मिस्रीको कार्यकालमा दुवै देश बीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरे।

भारतीय विदेश सचिव मिस्रीले जलवायु परिवर्तनको असर न्यूनिकरणको विषय दुवै देशका लागि चुनौति रहेकोले यसमा मिलेर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

नेपाल सरकारका कैयो योजनामध्ये ऊर्जा, कृषि, पर्यटनजस्ता नेपालको प्राथमिकतमा भारत पनि काम गर्न इच्छुक रहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077