Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

भ्रष्टाचार मुद्दामा खानेपानी कार्यालय मुगुका प्रमुखसहित पाँच जना दोषी ठहर

भ्रष्टाचार मुद्दामा खानेपानी कार्यालय मुगुका प्रमुखसहित पाँच जना दोषी ठहर

आइतवार , श्रावण २७, २०८१

काठमाडौं । भ्रष्टाचार मुद्दामा विशेष अदालतले खानेपानी तथा ऊर्जा विकास कार्यालय मुगुका कार्यालय प्रमुख राजीव रिमालसहित पाँच जनालाई दोषी ठहर गरेको छ।

विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारु,रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले उनीहरूलाई दोषी ठहर गरेको हो ।

विशेषले कार्यालय प्रमुख राजीव रिमाल, तेजबहादुर शाही, हिराबहादुर शाही, तीर्थबहादुर शाही र नरबहादुर लावडलाई दोषी ठहर गरेको छ ।

विशेषले लावडलाई ६ महिना कैद र रिमाललाई ३ महिना कैदको फैसला सुनाएको छ भने अन्यलाई कैद ठहर भएको छैन ।

विशेषले सबै प्रतिवादीबाट बिगो ५ लाख ६१ हजार ४ सय ८१ रुपैयाँ असुल गर्ने ठहर गरेको छ भने जरिवाना फरक फरक निर्धारण गरेको छ।

विशेषले लावड बाहेक तेजबहादुर, हिराबहादुर र राजीवलाई समान जरिवाना १ लाख १२ हजार २ सय ९६ भराउने भनेको छ।

तर लावडलाई १ लाख ३२ हजार २ सय ९६ रुपैयाँ भराउने फैसलामा भनेको छ । अख्तियारले २०८१ वैशाख २ गते उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

आर्थिक वर्ष २०७८/७९ मा मुगुको सोरु गाउँपालिका–५ को नेर सिँचाइ आयोजनाको पाइपलाइन कार्य एक हजार सात सय मिटर हुनुपर्नेमा आधा मात्रै काम गरी पाँच लाख ६१ हजार चार सय ८१ बराबरको रकम बढी भुक्तानी गरेको भन्दै मुद्दा दायर गरेको थियो ।

आयोगले कार्यालय प्रमुख रिमाल, सवइञ्जिनियर लावड, उपभोक्ता समितिका अध्यक्ष तेजबहादुर शाही, उपाध्यक्ष हिराबहादुर शाही र सचिव तीर्थबहादुर शाही विरुद्ध मुद्दा दायर भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077