Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

४९ वर्षीया सुशीलासँग २३ वर्षीय युवकको प्रेम, बिहे गर्न दबाब दिएपछि हत्या !

४९ वर्षीया सुशीलासँग २३ वर्षीय युवकको प्रेम, बिहे गर्न दबाब दिएपछि हत्या !

आइतवार , श्रावण २७, २०८१

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ४ की एक महिलाको हत्या उनकै प्रेमीले गरेको खुलेको छ । साउन २२ गते राति सानीभेरी–४ लामाचौरकी ४९ वर्षीया सुशीला मल्लको हत्या भएको थियो ।

मल्लको शव २३ गते बिहान ८ः१५ बजे आफ्नै घरको कोठामा फेला परेको थियो । तर शुशिलाको हत्या उनकै प्रेमी चौरजाहरी नगरपालिका–११ माथिल्लो सर्केनाका २३ वर्षीय प्रेम मल्लले गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । सोही आरोपमा उनलाई पक्राउ गरेर आइतबार सार्वजनिक गरेको गरिएको हो ।

रुकुम पश्चिमका डीएसपी नवराज पोखरेलका अनुसार शुशिलाले बिबाह गर्न दबाब दिएपछि प्रेमले उनको हत्या गरेका थिए । शुशिला र प्रेमको डेढ वर्ष पहिले जाजरकोटको रिम्ना मेलामा भेटघाट र चिनजान भएको थियो । पछिल्लो ६ महिनादेखि उनीहरू निकट सम्बन्धमा रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

शुशिला एकल महिला हुन् । उनका पतिको १५ वर्ष पहिले नै मृत्यु भएको थियो । उनका तीन छोरा रहेकामा तीनै जना रोजगारीका लागि विदेशमा छन्। एक जना दुबई, अर्का मलेसिया र अर्का भारतमा छन् ।

उनीसँग बिहे गर्नुपर्ने भएपछि हत्या गरेर उम्किन खोजेको उनको प्रारम्भिक बयान छ । प्रेमविरुद्ध कर्तव्य ज्यानको कसुरमा जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077