Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

प्रतिबन्धित भारतीय नोटसहित कारमा सवार दुईजना पक्राउ

प्रतिबन्धित भारतीय नोटसहित कारमा सवार दुईजना पक्राउ

सोमवार , श्रावण २८, २०८१

झापा । झापामा स्रोत नखुलेको प्रतिबन्धित भारतीय नोटसहित कारमा सवारमा दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट केचनाबाट खटिएको टोलीले आइतबार दिउँसो साढे ३ बजेको समयमा कचनकवलबाट बिहार राज्य किशनगन्ज जिल्ला तात्पुवा ग्राम पञ्चायत ७ बेलायतिबारीका ३२ को वर्षीय महोमद शमिम अख्तर र तात्पुवा ग्राम पञ्चायत ८ कादोगाँउका ३६ वर्षीय परेश कुमार सिंहलाई पक्राउ गरेको हो ।

भारतबाट नेपाल प्रवेश गरेका डब्लुबी ७४ बिएच १६४३ नम्बरको इनोभा कारलाई कचनकवल सीमा क्षेत्रमा रोकेर सशस्त्र प्रहरीको टोलीले चेकजाँच गरेको थियो । सशस्त्रले कारबाट प्रतिबन्धित भारतीय नोट २ लाख ४ हजार ५ सय रुपैयाँ बरामद गरेको थियो।

सशस्त्रले अख्तरको साथबाट ५ सय दरको ३ सय थान र सिंहको साथबाट ५ सय दरको १०९ थान भारतीय नोट फेला पारेको थियो । उनीहरूलाई नगद, तीन थान मोबाइल र कारसहित आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरी बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077