Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

इटालियन पेस्तोलसहित झापाबाट एक जना पक्राउ

इटालियन पेस्तोलसहित झापाबाट एक जना पक्राउ

सोमवार , श्रावण २८, २०८१

झापा । प्रहरीले झापाबाट इटालियन पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाको दमक नगरपालिका-८ का ३६ वर्षीय संजीव गजमेर छन् ।

उनलाई इलाका प्रहरी कार्यालय दमक, झापाको प्रहरी टोलीले सोमबार बिहान पक्राउ गरेको हो ।

उनीहरुको साथबाट मेड इन इटाली लेखिएको पेस्तो र २ थान म्यागजिन बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

बिहान दमक नगरपालिका-५ बानेश्वर हाइट मार्ग जाने भित्री सडकबाट उनलाई पक्राउ गरिएको हो ।

को ३८ प ५६४९ नम्बरको स्कुटरमा सवार उनले पेस्तोल बोकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077