Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

टयाक्टर दुर्घटनामा घाइते भएका चालकको मृत्यु

टयाक्टर दुर्घटनामा घाइते भएका चालकको मृत्यु

सोमवार , श्रावण २८, २०८१

स्याङ्जा । स्याङ्जामा ट्याक्टर ठोक्किदा चालक महेन्द्र दमाईको मृत्यु भएको छ।

चापाकोट नगरपालिका-१० बारीकुनामा ट्याक्टर ठोक्किदा चालक दमाईको मृत्यु भएको हो ।

बायोडाँडास्थित भित्रि सडकखण्डमा माटो लिइ आउने क्रममा लु ४ त २२१ नम्बरको टयाक्टर सडकको भित्तामा ठोक्किर घाइते भएका चालक दमाईको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

पाल्पा रामपुर नगरपालिका-४ देवीस्थान घर भई हाल स्याङ्जा चापाकोट-१० बोटेटारमा बस्दै आएका २८ वर्षीय दमाईको उपचारको क्रममा चापाकोट अस्पताल मृत्यु भएको हो ।

घटनाको बारेको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077