Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सुमेरु सहकारीका शेयर सदस्य सिंहसँग संसदीय समितिले लियो बयान

सुमेरु सहकारीका शेयर सदस्य सिंहसँग संसदीय समितिले लियो बयान

सोमवार , श्रावण २८, २०८१

काठमाडौं । सहकारी ठगीबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले सुमेरु बचत तथा ऋण सहकारीका शेयरसदस्यसँग सोधपुछ गरेको छ ।

विशेष समितिले सुमेरू सहकारीका सञ्चालक सिंहसँग बयान लिएको हो। सिंहले आफ्नो निजी सम्पत्तिबाट समेत वचतकर्ताको रकम फिर्ताको व्यवस्था थालनी गर्ने बताएका छन् ।

यही लक्ष्य अनुसार सहकारी संस्था पुनः सञ्चालन गर्ने योजनाका साथ नयाँ संचालक समूह आएको सिंहले समितिमा बयान दिएका छन्।

समितिको बैठकमा विशेष समितिको कार्यविधिअनुसार सुमेरु सहकारीका सेयर सदस्य सिंहसँग सोधपुछ गरेको समिति सभापति सूर्यबहादुर थापाले बताए।

सोधपुछका क्रममा शाहले आफ्नो निजी सम्पत्तिबाट समेत बचतकर्ताको रकम फिर्ताको व्यवस्था थालनी गरी विश्वासको वातावरण सिर्जना गरेर सहकारी संस्थाको पुनः सञ्चालन गर्ने योजनाका साथ नयाँ सञ्चालक समूह आएको बताए।

राजबहादुर सिंह पूर्वराजा ज्ञानेन्द्रका ज्वाईंसमेत हुन् । कालिमाटीस्थित शाखाका एक सय १२ जना सदस्यले १७ करोड ९९ लाख रुपैयाँ ठगीको जाहेरी दिएका थिए ।

ललितपुरका भरत महर्जन तथा उनको परिवारले सुमेरु बचत तथा सहकारीका बचतकर्ताका अर्बौं डुबाएर फरार रहेका छन् ।

सुमेरु सहकारीको निक्षेप अपचलनबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पनि अनुसन्धान गरिरहेको छ।

सीआईबीले गरेको अनुसन्धानका आधारमा सरकारी वकिल कार्यालयले शुक्रबार मात्रै अध्यक्ष भरत महर्जनसहित नौ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

कालिमाटीस्थित शाखाका एक सय १२ जना सदस्यले १७ करोड ९९ लाख रुपैयाँ ठगीको जाहेरी दिएका थिए । सोही आधारमा प्रहरीले बिगो कायम गरी मुद्दा दायर गरेको छ।

सीआईबीले कालिमाटीस्थित सहकारीका अध्यक्ष सचिन महर्जन, उपाध्यक्ष मनिषा महर्जन, सचिव नवीन श्रेष्ठ, कालिमाटी शाखाकी व्यवस्थापन स्वच्छन्दा मानन्धर, सञ्चालकहरु बादल शिल्पाकार, बाबुरत्न महर्जनलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो।

सोही सहकारीका मुख्य सञ्चालक भरत महर्जन भने हाल फरार छन् । उनी बेलायतमा रहेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077