Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भदौ ७ सम्मलाई स्थगित

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भदौ ७ सम्मलाई स्थगित

सोमवार , श्रावण २८, २०८१

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भदौ ७ गते बस्नेगरी स्थगित भएको छ।

आज बसेको बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सकिएपछि बैठक भाद्र ७ गते बस्ने गरी स्थगित गरिएको हो।

पदाधिकारी र पूर्वपदाधिकारीले मात्रै धारणा राख्न बाँकी रहेको र आगामी बैठकमा त्यसले निरन्तरता पाउने कांग्रेसले जनाएको छ ।

सोमबारको बैठकमा चित्रलेखा यादव, डा. मिनेन्द्र रिजाल, एनपी साउद, सुजाता परियार, प्रदीप पौडेल, सरिता प्रसाईँ, रामजनम चौधरी, डा.गोपाल दहित, मधु आचार्यलगायतले धारणा राखेका थिए।

आगामी बैठकमा महासमितिका प्रतिवेदनमा आएका विचारलाई समावेश गरेर परिमार्जन पारित गर्ने र समसामयिक विषयमा समेत निर्णय लिनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077