Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

कुटपिट गरी ससुराको हत्या गरेको आरोपमा ज्वाइँ पक्राउ

कुटपिट गरी ससुराको हत्या गरेको आरोपमा ज्वाइँ पक्राउ

सोमवार , श्रावण २८, २०८१

पर्सा । वीरगंज महानगरपालिका-७ रामटोल बस्ने ६५ वर्षीय सिताराम सर्राफको हत्या गरेको आरोपमा उनकै ज्वाइँ पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही महानगरपालिका-१० प्रगती टोल डेरा गरी बस्ने बारा कलैया उपमहानगरपालिका-१ राजदेवी टोल घर भएका ३१ वर्षीय साजन सर्राफ रहेका छन् ।

उनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूबीच झैझगडा एवम् कुटपिट हुँदा गम्भीर घाइते भएका सितारामको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077