Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

उत्कृष्ट ट्राफिक व्यवस्थापन गरेको भन्दै प्रहरी हवल्दार विष्ट सम्मानित

उत्कृष्ट ट्राफिक व्यवस्थापन गरेको भन्दै प्रहरी हवल्दार विष्ट सम्मानित

सोमवार , श्रावण २८, २०८१

कैलाली । अस्थायी ट्राफिक प्रहरी पोष्ट फुलवारीका प्रमुख तथा प्रहरी हवल्दार शिद्धराज विष्ट सम्मानित भएका छन् ।

धनगढी उपमहानगरपालिका–१६ स्थित बेहडाबाबा मन्दिरमा लागेको श्री शिवपुराण ज्ञान महायज्ञ अभिषेकात्मक अनुष्ठान तथा श्रृंगारिक महाआरती कार्यक्रममा उनलाई सम्मान गरिएको हो ।

उनले साउन महिनाभर बेहडाबाबा मन्दिरमा दर्शन गर्न जाने दर्शनार्थीहरुका लागि यात्रा सहज गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनको कमाण्डमा अहिलेसम्मकै राम्रो ट्राफिक व्यवस्थापन भएको दाबी गरिएको छ ।

यसअघि सो क्षेत्रमा दर्शन गर्न जाँदा भीडभाड लाग्ने गरेको थियो । त्यहाँ पुग्न जामले गर्दा समस्या हुने गरेको थियो । यसपटक भने ट्राफिक व्यवस्थापन राम्रो भएका कारण भीडभाड नभएको दाबी गरिएको छ ।

साथै उनले धनगढीको फुलवारी लगायतका विभिन्न स्थानमा उत्कृष्ट ट्राफिक व्यवस्थापन गरिरहेका छन् ।

उनले धनगढी उपमहानगरपालिका–१९ फुलवारी लगायतका क्षेत्रमा पछिल्लो समय उत्कृष्ट काम गर्दै आएका छन् । उनले त्यहाँका नागरिकमा जनचेतना फैलाउनेदेखि ट्राफिक व्यवस्थापन चुस्त बनाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077