Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

रवि लामिछाने मुछिएको सहकारीका कोषाध्यक्षलाई जेलबाट झिकाएर आज बयान लिइने

रवि लामिछाने मुछिएको सहकारीका कोषाध्यक्षलाई जेलबाट झिकाएर आज बयान लिइने

मंगलवार , श्रावण २९, २०८१

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले आज जेलमा रहेका दुई सहकारी सञ्चालकसँग बयान लिँदैछ ।

विहान ११ बजेका लागि बोलाइएको बैठकमा पोखरा जेलमा रहेका सूर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेल र स्वर्णलक्ष्मी सहकारीका संचालक भविश्वर अर्यालसँग बयान लिन लागिएको हो ।

उनीहरुलाई जेलबाट ल्याएर समितिको बैठकमा उपस्थित गराइने छ। समितिले पछिल्लो समय सहकारी संस्थाको बचत रकम दुरुपयोग गरेको आरोपमा जेलमा रहेका संचालकहरुलाई झिकाएर छलफल गर्दै आएको छ।

सूर्यदर्शन सहकारीको रकम हिनामिनामा पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि मुछिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077