Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सात क्विन्टल गाँजासहित भेडेटारबाट एक जना पक्राउ

सात क्विन्टल गाँजासहित भेडेटारबाट एक जना पक्राउ

मंगलवार , श्रावण २९, २०८१

धनकुटा । धनकुटा प्रहरीले भेडेटारबाट सात क्वीन्टल बढी गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

धनकुटाबाट तरकारी बोकेको मालबाहक ट्रकबाट ७ सय ३६ केजी गाँजा भेडेटार प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले ट्रक चालक धनकुटाको पाख्रिबास नगरपालिका १० का टंकबहादुर मगर र ट्रक नियन्त्रणमा लिएको छ ।

ना ८ ख १२६८ नंबरको ट्रकमा तरकारीको बोरा भित्र लुएकार राखिएको गाँजा चेकजाँचको क्रममा भेडेटारबाट नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077