Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

ग्रीन कार्डको प्रलोभनमा मानब बेचबिखन गर्ने बुद्धिराज पक्राउ

ग्रीन कार्डको प्रलोभनमा मानब बेचबिखन गर्ने बुद्धिराज पक्राउ

मंगलवार , श्रावण २९, २०८१

काठमाडौं । ग्रीन कार्डको प्रलोभनमा पारी मानब बेचबिखन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा झापा कमल गाउँपालिका-१ का ५४ वर्षीय बुद्धिराज न्यौपाने छन्। उनलाई मानब बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले काठमाडौंको गौरीघाटबाट पक्राउ हो ।

उनले एक महिलालाई मौरिससमा कुकको काममा लगाइदिने र मासिक ७० हजार रुपैयाँ कमाइ हुने भन्दै ठगी गरेका थिए ।

केही समय काम गरेपछि ग्रिन कार्ड समेत पाइने प्रलोभनमा पारेपछि ती महिला मौरिसस जान तयार भएकी थिइन्।

ब्यूरोका प्रमुख एसएसपी ओम रानाका अनुसार महिलाले बुद्धिराज न्यौपानेलाई २ लाख ५० हजार रुपैयाँ बुझाएकी थिइन् ।

ती महिला २०८० माघ १३ गते नेपालबाट भारतको नयाँ दिल्ली हुँदै मौरिसस पुगेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

ती मौरिसियन नागरिकले महिलालाई दैनिक १७/१८ घण्टा काम गर्न लगाएको, समयमा खाना खान र तलब समेत नदिई श्रम र यौन शोषण गरेको प्रहरी अनुस्धानबाट खुलेको एसएसपी रानाले बताए ।

केही समयपछि पीडित महिला त्यहाँबाट भागेर पोर्चुगल पुगेकी थिइन्। त्यहाँ रहेका नेपाली नागरिकहरूको सहयोगमा उनी असार २० गते नेपाल फर्किएकी थिइन्।

नेपाल फर्किएसँगै उनले ब्युरोमा जाहेरी दिएकी थिइन्। जाहेरी परेपछि ब्यूरोले उनलाई पक्राउ गरेको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077