Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

जतिसुकै शक्तिशाली भएपनि सहकारी ठगमाथि अनुसन्धान हुनैपर्छ : गगन थापा

जतिसुकै शक्तिशाली भएपनि सहकारी ठगमाथि अनुसन्धान हुनैपर्छ : गगन थापा

मंगलवार , श्रावण २९, २०८१

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगमाथि अनुसन्धान हुनैपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै महामन्त्री थापाले सहकारी ठग जतिसुकै शक्तिशाली भएपनि कारवाही हुनैपर्ने बताएका हुन् ।

महामन्त्री थापाले भने, ‘हामी प्रतिपक्षमा रहेको समयमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले २०८० चैत ६ गते के भन्नुभएको थियो भने– पोखरा महानगरले सूर्यदर्शन सहकारीबारे छानबिन गरेको थियो । त्यसक्रममा माननीय रवि लामिछानेले पुलेसो कर्जाको रूपमा १ करोड लिनुभएको देखियो । माघ २२ गते प्रहरीले पीडितको जाहेरी लियो । त्यो बेलामा पुरानै भएकाले पूरक जाहेरी भनेर दर्ता गरियो । रवि गृहमन्त्री भएपछि यो जाहेरी होइन भनियो । रमेश लेखकले त्यो बेला भन्नुभएको थियो– पोखरा महानगरले गरेको छानबिन प्रमाण हो, यो होइन भने के हो प्रमाण ? त्यसको आधारमा तत्काल कारबाही हुनुपर्छ ।’

उक्त प्रश्न गर्ने लेखक गृहमन्त्री रहेकाले सहकारी ठगलाई कारबाही गर्नुपर्ने महामन्त्री थापाले बताए।

महामन्त्री थापाले रास्वपा सभापति सहकारी ठगीमा संलग्न रहेको भन्दै पटक–पटक आरोप लगाउँदै आएका छन् ।

त्यस्तै, महामन्त्री थापाले भुटानी शरणार्थी प्रकरण, गिरीबन्धु जग्गा प्रकरण र डेडिकेटेड र ट्रंक लाइनको विषयमा सदनमा स्पष्ट पार्न र जहाँ जे अवस्थामा छ त्यहीँबाट काम अघि बढाउन सरकारसँग माग गरे ।

उनले यो विषयहरूमा सरकार भाग्ने नभइ स्पष्ट जवाफ दिनेतर्फ लाग्नुपर्ने बताए ।

महामन्त्री थापाले डेडिकेटेड र ट्रंक लाइनको विषयमा सरकारले यसअघिका कुनै पनि निर्णयहरू भन्दा अलग भएर जान नसक्ने बताए ।

उनले बक्यौताको एक रुपैयाँ पनि छोड्न नसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077