Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

३ करोड बढीको लागूऔषध कोकिनसहित दुई विदेशी नागरिक पक्राउ

३ करोड बढीको लागूऔषध कोकिनसहित दुई विदेशी नागरिक पक्राउ

मंगलवार , श्रावण २९, २०८१

काठमाडौं । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो १०४ ग्राम कोकिनसहित दुई जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले उनीहरुलाई नयाँबानेश्वरस्थित एक होटलबाट नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा तान्जानियाका नागरिक जुमा अब्दुल्ला मजी र भारतीय नागरिक के जुचोबेनी तोसेपोइ रहेकी छन्।

ब्यूरोको टोलीले जुमालाई शंकास्पद अवस्थामा फेला पारी उनको कोठा खानतलासी गर्दा झोलाभित्र लुकाई राखेको अवस्थामा लागूऔषध कोकिनका ८० वटा क्याप्सुलहरु बरामद गरेको थियो।

उक्त क्याप्सुलमा रहेको लागूऔषध कोकिन १ किलो १०४ ग्राम रहेको ब्यूरोको अनुसन्धानबाट खुलेको छ ।

उक्त कोकिनका क्यासुलहरु डेलिभरी दिने क्रममा भारतीय नागरीक तोसेपोइलाई ब्यूरोको टोलीले पक्राउ गरेको थियो।

उनले कोकिनका क्यासुलहरु भारततर्फ लैजाने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

उनीहरुविरुद्ध लागूऔषध नियन्त्रण ऐन बमोजिम जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरेर अनुसन्धान भईरहेको छ।

जुमाको साथबाट बरामद भएको लागूऔषधको अवैध बजार मूल्य अन्दाजी ३ करोड ८७ लाख रहेको ब्यूरोले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077