Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

सर्पले डस्दा बालिकाको मृत्यु, आमाको अवस्था गम्भीर

सर्पले डस्दा बालिकाको मृत्यु, आमाको अवस्था गम्भीर

बुधवार , श्रावण ३०, २०८१

घोराही । साँपले डस्दा घोराही उपमहानगरपालिका–६ गुरुवागाउँमा एक बालिकाको मृत्यु भएको छ । एकजनाको अवस्था गम्भीर छ ।

गएराति सर्पले डस्दा ६ वर्षीया इन्दु चौधरीको मृत्यु भएको हो ।

उनकी आमा आश्माको अवस्था गम्भीर रहेको दाङका प्रहरी प्रवक्ता रामप्रसाद तिमिल्सिनाले बताए ।

साँपले डस्नेबित्तिकै अस्पताल लैजानुको सट्टा झारफुकमा लाग्दा बालिकाको मृत्यु भएको हो ।

गम्भीर घाइते २५ वर्षीया आश्माको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077