Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

नागार्जुनबाट चोरी गरेको आरोपमा एक युवक पक्राउ

नागार्जुनबाट चोरी गरेको आरोपमा एक युवक पक्राउ

बुधवार , श्रावण ३०, २०८१

काठमाडौं । काठमाडौंको नागार्जुनमा चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

नागार्जुन नगरपालिका–९ स्थित स्युचाटारमा चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा दोलखा बैत्यश्वर गाउँपालिका वडा नम्बर–३ घर भएर ढल्कु बस्ने २७ वर्षीय मान बहादुर परियार छन्।

उनले असार २६ मा स्युचाटार स्थित सम्झना मगरको डेरामा चोरी गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

सुन तथा चाँदीका गहना र नगद चोरेको आरोपमा प्रहरी वृत्त कालीमाटीले उनीमाथि अनुसन्धान गरिरहेको छ । उनको साथबाट ३ थान मोबाइल र १२ हजार नगद बरामद गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077