Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

सर्पले डस्नेबित्तिकै झारफुकमा अल्झिँदा एक जनाको मृत्यु

सर्पले डस्नेबित्तिकै झारफुकमा अल्झिँदा एक जनाको मृत्यु

बुधवार , श्रावण ३०, २०८१

दाङ । दाङमा सर्पले डस्दा एक बालिकाको मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका–६ गुरुवागाउँमा गएराति सर्पले डस्दा ६ वर्षीया इन्दु चौधरीको मृत्यु भएको हो।

सर्पले डसेका एक जनाको अवस्था भने गम्भीर छ । उनकी आमा आश्माको अवस्था गम्भीर रहेको दाङ प्रहरीले जनाएको छ।

सर्पले डस्नेबित्तिकै अस्पताल लैजानुको सट्टा झारफुकमा लाग्दा बालिकाको मृत्यु भएको हो ।

गम्भीर घाइते २५ वर्षीया आश्माको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077