Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

रौतहटको गौरस्थित खेतमा मृत फेला परे वृद्ध

रौतहटको गौरस्थित खेतमा मृत फेला परे वृद्ध

बुधवार , श्रावण ३०, २०८१

रौतहट । रौतहट गौर नगरपालिकाको कोइरी टोलस्थित खेतमा एक जना वृद्ध मृत फेला परेका छन्।

गौर नगरपालिका-५ कोइरी टोलस्थित खेतमा ७४ वर्षीय अनिरूद्ध महतोको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटकाअनुसार मृतक महतोको हात र पेटमा चोट देखिएको छ। घटनास्थलबाट कुनै हतियार भने फेला परेको छैन।

मृतक सोही खेतनजिकै रहेको एक पक्की गोठमा बस्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट मृतक लागूऔषध सेवनकर्ता र कारोबारमा समेत संलग्न भएको हुन सक्ने देखिएको छ।

मृतकको शरीरबाट प्लास्टिकका साना पोकामा गाँजा फेला परेको छ।

उनी सुत्ने कोठामा पनि गाँजाका पोका फेला परेको प्रहरीले जनाएको छ। यद्यपि उक्त गाँजा कति मात्रामा रहेको भन्ने खुलिसकेको छैन।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077