Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

ललितपुरको इमाडोलमा सडक भासिँदा सवारी आवागमन अवरुद्ध

ललितपुरको इमाडोलमा सडक भासिँदा सवारी आवागमन अवरुद्ध

बुधवार , श्रावण ३०, २०८१

काठमाडौं । ललितपुरको इमाडोलमा सडक भासिएको छ।

ललितपुरको महालक्ष्मी नगरपालिका ३ बोझे पोखरी हुँदै इमाडोलतर्फ जाने भित्री सडकमा भ्वाङ परेको हो ।

सडक भासिएपछि सवारी आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

उक्त सडकबाट नयाँपुल हुँदै काठमाडौंसमेत जोडिन्छ। अहिले उक्त सडकलाई पूर्ण रूपमा बन्द गरिएको छ ।

उक्त सडक ललितपुरबाट काठमाडौं जोड्ने व्यस्त सडक हो। मंगलबार नै उक्तमा खाल्डो पर्न थालेको थियो।

यद्यपि गएराति परेको पानीले थप क्षति पुर्‍याउँदा भ्वाङ परेको हो।

यसअघि गत साता काठमाडौं महानगरपालिकाको कार्यालय नजिकैको सडकमा पनि भ्वाङ परेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077