Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

भुटानी शरणार्थी प्रकरण : बेचन झाद्धारा पोलिग्राफ परीक्षण गर्न अस्वीकार

भुटानी शरणार्थी प्रकरण : बेचन झाद्धारा पोलिग्राफ परीक्षण गर्न अस्वीकार

बुधवार , श्रावण ३०, २०८१

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाले पोलिग्राफ परीक्षण गर्न अस्वीकार गरेका छन्।

प्रहरीले उनको बयानबारे सत्यता परीक्षण गर्न पोलिग्राफ जाँच गराउने कोसिस गरे पनि झाले पोलिग्राफ टेष्ट गर्न अस्वीकार गरेको खुलेको हो।

सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा उनीविरूद्ध ठगी, लिखत कीर्ते, राज्‍यविरूद्ध र संगठित अपराध सम्बन्धी कसुरमा मुद्दा दायर गरेको छ।

सरकारी वकिल कार्यालयले उनीविरूद्ध मंगलबार मुद्दा दायर गरेको हो। उक्त प्रतिवेदनमा उनले पोलिग्राफ परीक्षण गर्न नमानेको उल्लेख गरिएको छ।

यद्यपि उनले आफ्नो अडिओ परीक्षण गर्न भने अनुमति दिएका छन्।

गत असार १४ गते बेचन झालाई प्रहरीले पक्राउ गरेको थियो। सरकारी वकिलको रोहबरमा प्रहरीसँग उनले इन्कारी बयान दिएका थिए ।

उनले नक्कली भुटानी शरणार्थी प्रकरणबारे आफूलाई केही थाहा नभएको बताएका थिए ।

उनीविरुद्ध ठगी र संगठित अपराधको कसुरमा मंगलबार जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077