Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

निलम्बित महामन्त्री ढकाललाई रास्वपाले सोध्यो स्पष्टीकरण

निलम्बित महामन्त्री ढकाललाई रास्वपाले सोध्यो स्पष्टीकरण

बुधवार , श्रावण ३०, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निलम्बित महामन्त्री मुकुल ढकाललाई पार्टीबाट किन नहटाउने भन्दै स्पष्टीकरण सोधेको छ ।

कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले निलम्बित महामन्त्री ढकाललाई पार्टीविरुद्ध नियोजितरूपमा निरन्तर सक्रिय रहेको भन्दै स्पष्टीकरण सोधेका हुन्।

ढकाललाई साधारण सदस्यबाट निष्कासन किन नगर्ने? भनी जवाफ पठाउन पार्टीले पत्र पठाएको छ ।

ढकाललाई बुधबार कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले पत्र पठाउँदै २४ घन्टाभित्र स्पष्टीकरण पठाउन भनिएको छ ।

आफूमाथि गरिएको कारवाही मनासिब नलागेमा पार्टी पुनरावेदन समितिमा पुनरावेदन गर्ने समय दिइएकोमा पुनरावेदन नगरी विभिन्न माध्यमहरुबाट पार्टी हितविपरीत गई विचार दिएको रास्वपाले जनाएको छ ।

ढकाललाई पठाइएको पत्रमा भनिएको छ,‘पार्टी तथा पार्टीका नेताहरुको छवि, इज्जत, प्रतिष्ठा धमिल्याउन लगातार झुठा आरोप लगाउने, अनर्गल प्रचार एवं पार्टी सदस्य तथा शुभचिन्तकहरुलाई भड्काउने, पार्टीभित्र भ्रम सिर्जना गर्ने जस्ता क्रियाकलापहरुमा निरन्तर लाग्नुभएको संलग्न स्रोतहरु समेतबाट देखिएको छ।’

पार्टीलाई समाप्त पार्न षडयन्त्रपूर्ण ढंगले अन्य दलका नेताहरुसँग भेटेको सूचना रास्वपाले प्राप्त गरेको पत्रमा उल्लेख गरिएको छ ।

ढकाललाई स्पष्टीकरणका लागि पठाइएको पत्रमा उनले विभिन्न सञ्चार माध्यमलाई दिएको अभिव्यक्तिहरुका लिंक समेत पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077