Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

कैलालीको अत्तरियामा प्रहरीको दादागिरी, खाना खाँदै गरेका उद्यमीलाई लगियो चौकी !

कैलालीको अत्तरियामा प्रहरीको दादागिरी, खाना खाँदै गरेका उद्यमीलाई लगियो चौकी !

बुधवार , श्रावण ३०, २०८१

कैलाली । कैलालीको अत्तरियामा प्रहरीले दादागिरी देखाएको आरोप लागेको छ । विभिन्न वाहानामा प्रहरीले अत्तरिया क्षेत्रका व्यवसायीलाई दुःख दिने गरेको आरोप लागेको हो ।

सोही आरोप लाग्दै आएको बेला मंगलबार राति इलाका प्रहरी कार्यालय मालाखेती अत्तरियाबाट डिउटीमा खटिएको प्रहरी टोलीले दादागिरी शैलीमा एक जुस सेन्टरका कर्मचारीलाई चौकी सम्म पुर्‍याएको थियो ।

अत्तरियामा राति १० बजेको समयमा बजारका सबै पसलहरू बन्द गर्नुपर्ने नियम छ । बन्द नभएका पसलहरू प्रहरीले आफै बन्द गराउने गरेको छ । सोही अनुसार मंगलबार राति असई दिपेन्द्र बिष्ट नेतृत्वको प्रहरी टोली लोटस गल्लीमा पुगेको थियो । त्यहाँ थ्रिडिभिएल क्रियशन बहुउद्देश्यीय सहकारीले जुस सेन्टर सञ्चालन गर्दै आएको छ ।

प्रहरी टोली त्यहाँ पुगेको समयमा सो जुस सेन्टर खुला रहेको थियो । त्यहाँ कार्यरत कर्मचारी खाना खाइरहेका थिए । तर प्रहरीले उनीहरूलाई पसल बन्द गर भन्दै तथानाम बोलेर दुर्व्यवहार गरेको सार्वजनिक भिडियोमा उल्लेख छ ।

त्यहाँका कर्मचारीहरूले पनि खाना खाइसकेपछि बन्द गर्छौँ भन्दै जवाफ फर्काइरहेका थिए । उनीहरुबीच केही समय वादविवाद चलेको थियो । तर प्रहरीले गाडीमा हाल भन्दै तथानाम बोलेर दुर्व्यवहार गरी गाडीमा जबरजस्ती हालेको भिडियोमा देख्न सकिन्छ ।

प्रहरीले अर्को गाडी बोलाएर ती युवकलाई इलाका प्रहरी कार्यालय लगेको थियो । राति पसल बन्द गर्ने बेलामा भ्यानसहित आएको प्रहरी टोलीले पसल बन्द गर भनेको तर आफूहरू खाना खाइरहेकाले एक छिनमा बन्द गर्छु भन्दा तथानाम बोलेर गाडीमा जबरजस्ती हाल्न खोजेको जुस सेन्टरमा कार्यरत क्षितिज साउदले जानकारी दिए ।

जुस सेन्टरकै अगाडी सटरमा आफूहरू राति सुत्ने भएकाले पसलमै खाना पकाएर खाने गरेको उनले बताए । सहकारीका कर्मचारी डबल साउँदलाई भने भ्यानमा हालेर चौकीमै लगेका थिए । इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार राति १० बजेको समयमा अत्तरिया बजारमा सबै पसलहरू बन्द हुने र नभएका पसलहरू प्रहरीले बन्द गराउने गरिएको छ ।

तर मंगलबार राति जुस सेन्टर १० बजेपछि पनि खुलै रहेकाले प्रहरीले बन्द गर भन्दा प्रहरीसँग नै बोल्न थालेपछि प्रहरीले भ्यानमा हालेर एकजनालाई चौकी ल्याएर सम्झाइबुझाई गरेर छाडिएको मालाखेती प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077