Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

शान्ति प्रक्रियाका बाँकी कामलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाऔं : रवि लामिछाने

शान्ति प्रक्रियाका बाँकी कामलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाऔं : रवि लामिछाने

बुधवार , श्रावण ३०, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संक्रमणकालीन न्यायसम्बन्धीका बाँकी कामलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभामा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथिको छलफलमा भाग लिँदै सभापति लामिछानले यस्तो बताएका हुन्।

उनले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने विषयमा भएका कामहरूलाई नजिकबाट नियालिरहेको बताए।

सभापति लामिछानले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोगको छलफल गर्नेक्रममा यस प्रक्रियालाई आफूहरूले नजिकबाट नियालिरहेको बताए।

सभापति लामिछानले भने,‘हामी संसदमा २१ जना छौं। हाम्रो दायित्व र जिम्मेवारी के हो भनेर राम्रैसँग थाहा छ। शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन भइरहेका कामहरूलाई नजिकबाट नियालेका छौं। यसका पीडितहरूले न्याय पाउनुपर्छ भन्ने स्थापित हुनुपर्छ।’

संक्रमणकालिन न्याय निरूपणको गाँठा फुकाउने गरी कानून बनेपनि न्याय प्रदान गर्न संरचनाको आवश्यक रहेको सभापति लामिछानले बताए।

उनले न्याय प्रदान गर्ने संरचनामा पनि नियत सफा भएका व्यक्ति हुनुपर्नेमा जोड दिए। राजनीतिक स्वार्थका आधारमा दलीय भागबण्डासहित आयोग बनाउँदा पीडितको न्‍याय सुनिश्चित नहुने पनि उनले बताए।

सभापति लामिछानेले ठूला दल एक ठाउँ आएर सरकार बनाउने परिस्थिति मुलुकमा आएको स्वीकार गर्न तयार नरहेको जिकिर गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077