Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

पूर्वडीआईजी खरेलले चर्चामा आउन अख्तियारमा उजुरी दिए : कुलमान घिसिङ

पूर्वडीआईजी खरेलले चर्चामा आउन अख्तियारमा उजुरी दिए : कुलमान घिसिङ

बुधवार , श्रावण ३०, २०८१

काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले आफ्नो चरित्रहत्या गरेको भन्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आपत्ति जनाएका छन्।

पूर्वडीआईजी खरेलले एन्टी करप्सन नेटवर्ककातर्फबाट अख्तियारमा उजुरी दिएपछि कार्यकारी निर्देशक घिसिङले यस्तो बताएका हुन् ।

खरेलले दूषित मनसायका साथ आफूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको निर्देशक घिसिङको भनाई छ ।

घिसिङले विद्युत् महसुल बक्यौता रकम असुल गर्न चालिएका कदमबाट आत्तिएका केही व्यक्ति तथा संस्था आफूलाई कमजोर बनाउन र मनोबल गिराउन सुनियोजित रूपमा लागिरहेको दाबी गरे ।

निर्देशक घिसिङले भनेका छन्,‘ उजुरी दर्ता गर्नासाथ त्यसलाई सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुले निज खरेलबाट उक्त उजुरी सार्वजनिक खपत र आफू चर्चामा आउनलाई मात्र गरेको मेरो ठम्याइ छ । निष्ठासाथ आफ्नो जिम्मेवारी पूरा गरिरहेको व्यक्तिलाई हतोत्साहित बनाउन सुनियोजित रूपमा निज खरेलबाट निहित स्वार्थकासाथ यस्ता कामहरू भइरहेका थिए र छन्।’

घिसिङले आफ्नाविरुद्ध सुनियोजितरूपमा दूषित मनसायका साथ सामाजिक सञ्जालमार्फत् विवरण सार्वजनिक गरेको र सोही आधारमा विभिन्न सञ्चार माध्यममा समाचार आएको भन्दै दुःख व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077