Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

सुदूरपश्चिमका मुख्य न्यायाधिवक्ता जोशीले लिए शपथ

सुदूरपश्चिमका मुख्य न्यायाधिवक्ता जोशीले लिए शपथ

बुधवार , श्रावण ३०, २०८१

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्य न्यायाधिवक्ता ठेकेन्द्रराज जोशीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बुधबार प्रदेश प्रमुख कार्यालयमा प्रदेश प्रमुख नजिर मियाँको उपस्थितिमा उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तीसिंह थापा जोशीलाई  पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।

मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रदेश प्रमुख मियाँले जोशीलाई आइतबार मुख्य न्यायाधिवक्ता नियुक्त गरेका थिए ।

धनगढी उपमहानगरपालिका–२ घर भएका जोशी यसअघि पनि मुख्यमन्त्री शाहकै नेतृत्वको सरकारको समयमा ८ महिना मुख्य न्यायाधिवक्ता बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077