Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

ओली प्रधानमन्त्रीमा नियुक्तिविरुद्धको रिट खारेज

ओली प्रधानमन्त्रीमा नियुक्तिविरुद्धको रिट खारेज

बुधवार , श्रावण ३०, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा दायर गरिएको रिट खारेज भएको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीश प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मी सम्मिलित संवैधानिक इजलासले उक्त रिट खारेज गरिदिएको हो ।

संविधानको धारा ७६(२)अनुसार प्रधानमन्त्रीको नियुक्ति र शपथविरुद्ध साउन १४ गते सर्वोच्चमा रिट परेको थियो ।

खगेन्द्र चापागाईं, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति र सपथ बदरको माग गर्दै सोमवार सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077