Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सशस्त्रका तीन महिला भलिबल खेलाडीलाई आईजीपी अर्यालद्धारा सम्मान

सशस्त्रका तीन महिला भलिबल खेलाडीलाई आईजीपी अर्यालद्धारा सम्मान

बुधवार , श्रावण ३०, २०८१

काठमाडौँ । ‘काभा वुमन्स भलिबल नेसन्स लिग–२०२४’ मा सहभागी भएका नेपाल एपीएफ क्लवका तीन जना महिला भलिबल खेलाडीहरुलाई सम्मान गरिएको छ ।

सशस्त्र प्रहरी प्रधान कार्यालयमा महानिरीक्षक राजु अर्यालले भलिबल खेलाडीहरु सशस्त्र प्रहरी सहायक हवल्दार सरस्वती चौधरी, निरुता ठगुन्ना र सशस्त्र प्रहरी जवान कविता भट्टलाई सम्मान गरेका हुन् ।

लामो समयदेखि नेपाल एपीएफ क्लवमा आवद्ध रही राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको प्रतियोगिताहरुमा सहभागी भएर उत्कृष्ट खेल प्रदर्शन गरेको भदै उनीहरुलाई सम्मान गरिएको हो ।

उनीहरुले देश र संगठनको छवि उच्च राख्न खेलेको भन्दै सशस्त्र प्रहरी प्रधान कार्यालयले उनीहरुलाई नगद पुरस्कारसहित सम्मान गरेको सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

यस्तै, उत्कृष्ट खेल प्रदर्शन गर्दै आएको भन्दै सशस्त्र प्रहरी जवान निरुता ठगुन्नालाई सशस्त्र प्रहरी हवल्दारमा बढुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077