Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

पोखराका क्लब र दोहोरी साँझबाट सात बालिकाको उद्धार

पोखराका क्लब र दोहोरी साँझबाट सात बालिकाको उद्धार

बिहिवार , श्रावण ३१, २०८१

कास्की । पोखराका तीन दोहोरी साँझबाट सात जना बालिकाको उद्धार गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, श्रम कार्यालय, पोखरा महानगरपालिका र शक्ति समूह नेपाल संस्थाको संयुक्त टोलीले ती बालिकालाई उद्धार गरेको हो ।

राति नौ बजेतिर रात्रीकालीन व्यवसायमा संलग्न सात जना बालिकाको उद्धार गरिएको कास्की प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पोखरा महानगरपालिका–९ क्लब डिबाट तीन, पोखरा–८ स्थित गाउँसहर दोहोरी साँझबाट दुई र सोही स्थानमा रहेको साइनो दोहोरी साँझबाट दुई बालिकालाई उद्धार गरिएको हो ।

स्थानीय प्रशासनले पोखरामा सञ्चालित रात्रिकालीन व्यवसायमा काम गर्न लगाइएका बालिकालाई उद्धार गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077