Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

ठगहरुले आईजीपीकै पत्र कीर्ते बनाएपछि...

ठगहरुले आईजीपीकै पत्र कीर्ते बनाएपछि...

बिहिवार , श्रावण ३१, २०८१

काठमाडौं । प्रहरी महानिरीक्षककै पत्र कीर्ते गरेर ठगी हुन थालेको छ ।

तालिमबाट भागेका एक प्रहरी जवानलाई पुर्नबहाली गराउने भन्दै महानिरीक्षकको पत्र कीर्ते गरी ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

प्रहरी वृत्त महाराजगञ्जले इलामका भक्तबहादुर लिम्बु र सर्लाहीका मधुसुदन झालाई पक्राउ गरी लिखत कीर्ते मुद्दा दायर गरेको छ ।

प्रहरीको प्राविधिक जवान पदमा भर्ना भई पछि तालिमबाट भागेका सर्लाही ईश्वरपुरका निवाश चौधरीलाई पर्नुवहाली गरी गरिदिने भन्दै उनीहरुले तीन लाख ५० हजार रुपैयाँ ठगी गरेका हुन्।

त्यसका लागि उनीहरुले चौधरीलाई तालिम गराउन भने महानिरीक्षकको सचिवालयले लेखेको पत्र तयार गरेका थिए । त्यतीमात्र होइन महानगरीय प्रहरी शिक्षालयको नियुक्तिपत्र समेत कीर्ते गरेका थिए ।

२०७८ सालमा जवानमा भर्ना भएका चौधरीले दुई वर्षपछि तालिम गरेका थिए । तालिममा गाह्रो भएपछि उनी भागेका थिए ।

प्रहरीले उनलाई सेवाबाट हटाएको थियो । पछि उनका बुबाले प्रहरीमा जागिर जोडाउने प्रयास गरी चौधरी परिवार ठगिएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077