Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सेवाग्राहीसँग घुस लिने यातायात कार्यालयका कम्प्युटर अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सेवाग्राहीसँग घुस लिने यातायात कार्यालयका कम्प्युटर अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बिहिवार , श्रावण ३१, २०८१

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र एकान्तकुनामा कार्यरत कम्प्युटर अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

सवारी चालक अनुमति पत्रको अभिलेख सच्चाउन सेवाग्राहीसँग २० हजार घुस लिएको आरोपमा कम्प्युटर अधिकृत बासुदेव रेग्मीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

सेवाग्राहीको सवारी चालक अनुमति पत्र कार्यालयको अभिलेख सच्चाई नवीकरण गर्ने गराउने प्रयोजनको लागि सेवाग्राहीबाट घुस लिएको पुष्टि भएकाले विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए।

एक सेवाग्राहीको सवारी चालक अनुमतिपत्रमा वर्ग ‘बी’ थप गर्न दिएको प्रयोगात्मक परीक्षाको चेकलिस्टमा उनी पास भएको जनिएको तर इलेक्ट्रिक ड्राइभिङ लाइसेन्स रजिष्ट्रेसन सिस्टमको परीक्षा स्टाटसमा फेल भएको जनिएकाले उक्त विवरण सच्चाउन कम्प्युटर अधिकृत रेग्मीले २० हजार रुपैयाँ घुस लिएको पाइएको अख्तियारले जनाएको छ ।

आयोगले २० हजार रुपैयाँ विगो कायम गरी बिगो बमोजिम जरिवाना र सजाय मागदाबी लिई मुद्दा दायर गरेको छ ।

रेग्मीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसूरमा २० हजार बिगो कायमगरी उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय दाबी गरिएको उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077