Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

कांग्रेस महामन्त्री थापाले भने - भ्रष्टाचारका मुद्दामा हदम्याद नराखौं

कांग्रेस महामन्त्री थापाले भने - भ्रष्टाचारका मुद्दामा हदम्याद नराखौं

बिहिवार , श्रावण ३१, २०८१

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचारको अनुसन्धानमा हदम्याद राख्न नहुने बताएका छन्।

बिहीबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन्।

महामन्त्री थापाले भने,‘हदम्यादबारे आवश्यक परे पछाडि छलफल गर्दै जाउँला । अहिले हदम्याद राखेर जान हुदैन।’

नेपालमा सबैभन्दा राम्रोसँग मिलेर भ्रष्टाचार हुने गरेको भन्दै हदम्याद राख्न नहुनेमा उनले जोड दिए।

सार्वजनिक सम्पत्ति हानी नोक्सानीमा हदम्याद नलाग्ने तर बिगो नरहेकोमा ५ बर्षभित्र अनुसन्धान सक्नुपर्ने भएर हदम्यादको प्रस्ताव आएको आफ्नो बुझाइ रहेको महामन्त्री थापाले बताए ।

तर कुनैमा हदम्याद हुने कुनैमा नहुने जस्तो व्यवस्था नमिल्दो समेत रहेको उनले बताए । जे जस्तो भए पनि तत्काल हदसम्म राख्न नसकिने महामन्त्री थापाले बताए ।

उनले अहिलेसम्म आफूले हेर्न पाएका काण्डमा राम्ररी समयमै अनुसन्धान गर्न नसकिरहेको अवस्थामा अख्तियारले किन निजी क्षेत्र हेर्न चाहेको भनेर प्रश्न उठाए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077