Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

विपद् प्रभावित परिवारका लागि छिट्टै अनुदान स्वीकृत हुन्छ : गृहमन्त्री लेखक

विपद् प्रभावित परिवारका लागि छिट्टै अनुदान स्वीकृत हुन्छ : गृहमन्त्री लेखक

बिहिवार , श्रावण ३१, २०८१

काठमाडौं । गृहमन्त्री रमेश लेखकले विपदबाट घर, क्षतिग्रस्त भइ बस्न नमिल्ने भएका विपद् प्रभावित व्यक्तिहरूका लागि अस्थायी आवास अनुदान मापदण्ड स्वीकृत हुने चरणमा रहेको बताएका छन्।

राष्ट्रियसभाको बैठकमा बोल्दै गृहमन्त्री लेखकले विपद् प्रभावित घर परिवारका लागि अस्थायी आवास अनुदान मापदण्ड २०८१ स्वीकृत हुने चरणमा रहेको बताएका हुन्।

गृहमन्त्री लेखकले सबै खालका विपदबाट घर, क्षतिग्रस्त भइ बस्न नमिल्ने भएका विपद् प्रभावित घर परिवारका लागि अस्थायी आवास अनुदान मापदण्डका सबै प्रक्रिया पूरा गरी मन्त्रिपरिषदमा अन्तिम निर्णयका लागि पठाइएको बताए।

उनले सम्भवतः बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठकले स्वीकृत गर्ने विश्वास व्यक्त गरेका छन्।

जाजरकोट र बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पबाट पहिचान भएका ८५ हजार ६९० लाभग्राहीमध्ये ९ हजार ५८४ लाभग्राहीका लागि जिल्ला विपद् व्यवस्थापन समितिबाट २३ करोड ९६ लाख रुपैयाँ जिल्ला विपद् व्यवस्थापन समितिबाट निकासा भएको उनले बताए ।

बझाङ जिल्लाका १२ सय ५५ जना लाभग्राहीले ३ करोड १३ लाख ७५ हजार रुपैयाँ दोस्रो किस्ताबापत समेत प्राप्त गरेको गृहमन्त्री लेखकले बताए।

अन्य जिल्लामा दोस्रो किस्ता बापतको रकम वितरण भएको प्रतिवेदन प्राधिकरणमा आउने क्रममा रहेको गृहमन्त्री लेखकको भनाई छ ।

गृहमन्त्री लेखकका अनुसारअस्थायी आवास निर्माणका लागि करिव ९० करोड ९४ लाख ७५ हजार रुपैयाँ जाजरकोट, रुकुमपश्चिम, सल्यान, बझाङ र बाजुरा जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समितिको कोषहरुमा मौज्दात रहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077