Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

टीआरसी विधेयक राष्ट्रियसभामा टेबल

टीआरसी विधेयक राष्ट्रियसभामा टेबल

बिहिवार , श्रावण ३१, २०८१

काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक २०८१ राष्ट्रियसभामा टेबल भएको छ।

बिहीबारको राष्ट्रिय सभा बैठकमा सचिव सुरेन्द्र अर्यालले टीआरसीसम्बन्धी विधेयक टेबल गरेका हुन्।

प्रतिनिधि सभाबाट प्राप्त सन्देश सभासमक्ष जानकारी गराउँदै सचिव अर्यालले विधेयक टेबल गरे।

प्रतिनिधि सभाले बुधबार उक्त विधेयक बहुमतबाट पारित गरेको थियो। राष्ट्रियसभाको अर्को बैठक भदौ ३ गते बस्नेछ ।

राष्ट्रियसभाबाट पारित भएपछि राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै राजपत्रमा प्रकाशित हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077