Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

संसदका दुई समितिको सभापतिमा न्यौपाने र गैरे निर्विरोध निर्वाचित

संसदका दुई समितिको सभापतिमा न्यौपाने र गैरे निर्विरोध निर्वाचित

बिहिवार , श्रावण ३१, २०८१

काठमाडौं । संसदीय सुनुवाइ समितिको सभापतिमा नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित भएकी छिन्।

संघीय संसद, संसदीय सुनुवाइ समितिको आज बसेको बैठकमा सभापति निर्वाचनमा उनी निर्वाचित भएकी हुन्।

त्यस्तै, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा नेकपा एमालेका सांसद ठाकुर गैरे निर्विरोध निर्वाचित भएका छन् ।

दुबै समितिको दिउसो बसेको छुट्टा छुट्टै बैठकमा दुबै समितिका ज्येष्ठ सदस्यले सभापति निर्विरोध निर्वाचित भएको घोषणा गरे।

सभापतिका लागि एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077