Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

करिब ५० ग्राम सुनसहित विमानस्थलबाट दुई जना पक्राउ

करिब ५० ग्राम सुनसहित विमानस्थलबाट दुई जना पक्राउ

बिहिवार , श्रावण ३१, २०८१

काठमाडौं । सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना पक्राउ परेका छन्।

करिब ५० ग्रामको दुई वटा सिक्रीसहित पार्किङ क्षेत्रबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका-५ की ३१ वर्षीया जानुका न्यौपाने र स्याङ्जा वालिङ नगरपालिका-५ का २२ वर्षीय नारायण थापा छन्।

एयर अरेबियाको उडानद्वारा बहराईनबाट दुबई हुँदै काठमाडौं आएकी जानुकाबाट नारायणले अवैध रूपमा सुन संकलन गरी लैजान लागेको अवस्थामा प्रहरीले दुबै जनालाई पक्राउ गरेको हो।

उनीहरूलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय सिनामंगलमा पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077