Jul 04 2026 | २०८३, आषाढ २० गते

04 Jul 2026 | शनिवार, आषाढ २० गते २०८३

शनिवार, आषाढ २० गते २०८३
images
images

देशमा विकासको लहर ल्याउने योजना दिन मन्त्रीहरुलाई प्रधानमन्त्री ओलीको निर्देशन

देशमा विकासको लहर ल्याउने योजना दिन मन्त्रीहरुलाई प्रधानमन्त्री ओलीको निर्देशन

बिहिवार , श्रावण ३१, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र विकासको लहर ल्याउने योजना दिन मन्त्रीहरुलाई निर्देशन दिएका छन् ।

मन्त्रालयहरुको वार्षिक प्रगति समीक्षा, चालु आर्थिक वर्षका बजेट र कार्यक्रम कार्यान्वयन योजनाका साथै सरकारले १०० दिनभित्र गर्ने मुख्य कामबारे भएको प्रस्तुतिपछि बोल्दै प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन्।

उनले देश र जनताका लागि गर्नुपर्ने र गर्न खोजिएका कामको व्यवस्थित र ठोस तयारी गर्न निर्देशन दिए ।

बजेट कम भए पनि सुशासन कायम गर्दै फटाफट काम गरेमा शत प्रतिशत विकास खर्च गरेर अर्थतन्त्र चलायमान बनाउन सकिने प्रधानमन्त्री ओलीले बताए ।

प्रधानमन्त्री ओलीले भने,‘हामी जागिर खाइरहेका छैनौं, हामी देश र जनताको सेवा र विकासका लागि काम गरिरहेका छौं । भावी सन्ततिका लागि काम गरिरहेका छौं । यो सेवा हाम्रो तलबसँग तुलना हुन सक्दैन ।’

लक्ष्य निर्धारण गर्दा वस्तुगत हुनुपर्ने भन्दै प्रधानमन्त्री ओलीले पूरा गर्न कठिन हुने लक्ष्य नै नराख्न निर्देशन दिए ।

प्रधानमन्त्री ओलीले डिजिटल नेपालको फ्रेमवर्कको प्रभावकारी कार्यान्वयन गर्न र व्यावसायिक तालिम, विषादी र मिसावटरहित खाद्य पदार्थको आपूर्ति गराउन निर्देशन दिए ।

उनले खरिद गरिएका यन्त्र उपकरण र स्रोत साधनको पूर्ण उपयोग गर्न पनि आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077