Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

गठ्ठाघर दुर्घटनामा परेकी भनिएकी सुष्मा जिवितै भेटिइन्

गठ्ठाघर दुर्घटनामा परेकी भनिएकी सुष्मा जिवितै भेटिइन्

बिहिवार , श्रावण ३१, २०८१

काठमाडौं । गठ्ठाघर दुर्घटनामा परी मृत्यु भएकी महिलोको पहिचान फरक परेको छ ।

यसअघि प्रहरीले स्कुटर चालक दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर ४ घर भई काठमाडौंको बागबजार बस्ने २३ वर्षीया सुष्मा नेपाली भएको बताएको थियो ।

मेलुङ ४ कै एक युवकले प्रहरी कार्यालयमा पुगेर आफ्नी बहिनी भएको जानकारी दिएपछि प्रहरीले त्यही विवरण सार्वजनिक गरेको थियो ।

तर उनले गलत जानकारी दिएको खुलेको हो । आफ्नो मृत्यु भएको समाचार थाहा पाएपछि ती युवती भने सम्पर्कमा आएको बताइएको छ । मृत्यु भएकी भनिएकी सुष्मा बिबाह गरेर चितवनमा रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार उक्त शवको पहिचान अझै हुन सकेको छैन । बिहीबार दिउँसो १ः४० बजे ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको थियो।

घटनास्थलबाट शव पोष्टमर्टमको लागि महाराजगस्‍थित शिक्षण अस्पताल लगिएको छ । दुर्घटना भएपछि गठ्ठाघर दिनभरजसो तनावग्रस्त बनेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077